सबैको समाचार
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • पत्रकार महासंघलाई प्रेस युनियनको ज्ञापनपत्र ,नयाँ सदस्यता तत्काल टुंंग्याउन माग

पत्रकार महासंघलाई प्रेस युनियनको ज्ञापनपत्र ,नयाँ सदस्यता तत्काल टुंंग्याउन माग

2005
Shares
पत्रकार महासंघलाई प्रेस युनियनको ज्ञापनपत्र ,नयाँ सदस्यता तत्काल टुंंग्याउन माग

 नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक शाखाले नयाँ सदस्यता तत्काल टुंंग्याउन माग गर्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई ज्ञापनपत्र बुझाएको छ ।

पत्रकार महासंघको केन्द्रले सदस्यता आव्हान गरेको लामो समय बितिसक्दा पनि जिल्ला शाखामार्फत आवेदन दिएकाहरुको हकमा कुनै निर्णय हुन नसकेका युनियनले जिल्ला शाखाको ध्यानाकर्षण गराएको छ।   पत्रकारितामा लामो समय देखि कृयाशिल पत्रकारहरु लामो सयमदेखि नेपाल पत्रकार महासंघको सदस्यताबाट बञ्चित हुनु परेको भन्दै नेपाल प्रेस युनियनले महासंघलाई ज्ञापनपत्र बुझाएको हो ।  

प्रेस चौतारी नेपाल काभ्रेले विभिन्न माग राखी नेपाल पत्रकार महासंघ काभ्रे शाखाको कार्यालयमा ताला लगाएको बिषयले उत्पन्न गतिरोध समेतलाई समाधान गरी सदस्यता पाउने अधिकारबाट बञ्चित कृयाशिल पत्रकारहरुको माग तत्काल सम्बोधन गर्न प्रेस युनियनले माग गरेको छ ।

नयाँ सदस्यताको निर्णय गर्न दबाब दिने नेपाल प्रेस युनियन काभ्रे शाखाको अभियानमा ऐक्यवद्धता जनाइदिन पनि सबै कृयाशिल पत्रकारहरुमा युनियनले अनुरोध गरेको छ । ज्ञापनपत्र बुझ्दै पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बद्रिराज  तिमल्सिनाले सबैलाई सहमतिमा ल्याएर चाँडो भन्दा चाँडो नयाँ सदस्यताको बिषयमा  समाधान गरिने जनाएका छन् ।

2005
Shares

ट्रेन्डिङ