सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • पैसा नपाएपछि किसानले सडकमै पोखे दूध

पैसा नपाएपछि किसानले सडकमै पोखे दूध

1350
Shares
पैसा नपाएपछि  किसानले सडकमै पोखे दूध

चितवन ।  उत्पादित दूधले बजार नपाएको र विक्री भएको दूध तथा दुग्धजन्य पदार्थको भुक्तानी नपाएको भन्दैं किसानहरुले दूध सडकमै पोखेर विरोध जनाएका  छन् ।

 चितवनका दूध उत्पादक किसानहरुहरुले दूधको रकम भुक्तानी र विक्रीवितरण सहजीकरणको माग गर्दै भरतपुरको केन्द्रीय बसपार्क चोकमा दूध पोखेर आन्दोलनमा उत्रिएका हुन् ।

पछिल्ला महिनाहरुमा दूध बिक्री वितरण हुन छाडेको, बल्लतल्ल बिक्री भएको दूधको समेत भुक्तानी नपाएकोले सडकमै दूध पोखेर आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको चितवन जिल्ला दुध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए ।

उनीहरुले सडकमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्रसमेत बुझाएका छन् । त्यसपछि किसानहरु फेरि सडकमा नारा लगाउँदै केन्द्रीय बस टर्मिनल चोकमा पुगेर दूध पोखेका हुन् ।

दूध बेचेको पैसा लामो समयसम्म पनि नपाएपछि किसान समस्यामा परेको उनले बताए । अध्यक्ष बगालेका अनुसार किसानलाई बैंकको ब्याज तिर्न र गाईभैंसीको दाना–चोकर खुवाउन समेत कठिनाइ हुन थालेको छ ।

गत साउन महिनादेखि यहाँका किसानहरुले दूध बिक्री गरेको करीव ५२ करोड रकम भुक्तानी पाएका छैनन् । दूग्ध विकास संस्थान र निजी डेरीहरुले चितवनबाट दूध लगेर बेचे पनि रकम भने किसानलाई दिएका छैनन् ।

दूधको रकम नपाउँदा गाईलाई खुवाउने चोकर, दाना किन्नसमेत निकै समस्या भएको किसानहरुको भनाई छ । उद्योग तथा डेरीहरुले पहिला प्रत्येक १५ दिनमा किसानको रकम भुक्तानी दिन सहकारीलाई पैसा पठाउने र सहकारीमार्फत किसानले रकम पाउने गरेका थिए । तर अहिले लामो समयदेखि रकम भुक्तानी पाएका छैनन् ।

1350
Shares

ट्रेन्डिङ