सबैको समाचार
मङ्लबार, साउन १२, २०८३
  • होमपेज
  • बाँसडोलबाट बनेपा आउँदै गरेको बस दुर्घटना

बाँसडोलबाट बनेपा आउँदै गरेको बस दुर्घटना

1545
Shares
बाँसडोलबाट बनेपा आउँदै गरेको बस दुर्घटना

काभ्रे । बाँसडोलबाट बनेपा आउँदै गरेको बस दुर्घटना भएको छ ।

बाँसडोलबाट बनेपा आउँदै गरेको बा २ ख ९४५६ नम्बरको आफै अनियन्त्रीत बस्ने शिव प्रसाद ज्ञावलीको साढे दुई तल्ला पक्की घरको गेटमा ठक्कर दिदा ८ जना यात्रु घाईते भएका छन् । ३० जना सवार मध्ये १२ जना घाईतेहरु लाई उपचारको लागि शिरमेमोरीयल अस्पताल बनेपा पठाएको छ ।

घाईते हुनेमा बस चालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका २ बस्ने बर्ष २५ को मिलन सापकोटा ,काभ्रे बनेपा नगरपालिका १२ बासडोल बस्ने बर्ष २२ की सविता थापा, काभ्रे बनेपा नगरपालिका । १२ बस्ने बर्ष ६१ की देवकी राउत ,काभ्रे बनेपा नगरपालिका १२ बस्ने बर्ष ३६ की अनिता कार्की ,काभ्रे बनेपा नगरपालिका १२ बस्ने बर्ष३९ की मिनु कार्की,काभ्रे बनेपा नगरपालिका १२ बस्ने बर्ष ३९ की प्रिया भुजेल, काभ्रे बनेपा नगरपालिका १२ बस्ने बर्ष २४ की रिता भुजेल,निजको छोरी ११ महिना की बिन्दा भुजेल,काभ्रे बनेपा नगरपालिका १२। बस्ने बर्ष ४५ की सुशिला भुजेल,सहचालक सुनकोशि गा।पा। ३ बस्ने बर्ष १९ को महेश थापा मगर, भक्तपुर नगरपालिका ८ बस्ने बर्ष २४ की रुबिना राउत, र काभ्रे बनेपा नगरपालिका १२ बस्ने बर्ष ६५ को अचुत प्रसाद वाग्ले रहेका छन् ।

इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी लालध्वज सुवेदीका अनुसार घाईते सबैको शिर मेमोरियल अस्पतालमा उपचार भैरहेको छ ।

1545
Shares

ट्रेन्डिङ