सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • १८ वटा टीफर काभ्रे प्रहरीको नियन्त्रणमा

१८ वटा टीफर काभ्रे प्रहरीको नियन्त्रणमा

1220
Shares
१८ वटा टीफर काभ्रे प्रहरीको नियन्त्रणमा

काभ्रे :- जिल्ला हुदै निर्माण सामाग्री बोकेका टीफर प्रहरीले नियन्त्रणमा लिएको छ। खानि दर्ता नै नभएको स्थानबाट ढुङ्गा लिएर आएका टीफर भएकाले प्रहरीले नियन्त्रणमा लिएको प्रहरी श्रोतले जनाएको छ।

सिन्धुपाल्चोक जिल्ला जुगल गाऊपालिका बाट आएका १८ वटा ढुङ्गा बोकेको टीफर नियन्त्रणमा लिईएको हो। जुगल गाउपालिकाले लिने गरेको कर तिरेको रसिद टीफर संग रहेको भएता पनि खानि संचालनको अनुमति पत्र नभएको प्रहरी श्रोतको दाबि छ। यधपी प्रहरीले खानि तथा भुगर्भ विभागबाट उत्खनन अनुमति नभएकाले हाललाई होल्ड गरेको जनाएको छ ।

हामीले आज कार्यालय बन्द हुने भएकाले अहिले पत्राचार गर्न सकेका छैनौ। भोलि हामी कागजात नभएकाले कारवाही गर्न सिफारीस गर्नेछौ। कारबाही गर्नका लागी भूगर्भ विभागलाई पत्राचार गर्ने तयारी रहेको काभ्रे प्रहरीका सुचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन्।

निर्माण सामाग्री बोकेको १८ वटा टीफर दोलालघाट प्रहरीले नियन्त्रणमा लिएको हो। अहिले सबै ढुङ्गा बोकेको टीफर अहिले दोलालघाट प्रहरीको रोहबरमै रहेका छन्।

1220
Shares

ट्रेन्डिङ