सबैको समाचार
बुधबार, माघ १६, २०८१
  • होमपेज
  • काभ्रेमा सवारी दुर्घटना ; ६ जना घाईते

काभ्रेमा सवारी दुर्घटना ; ६ जना घाईते

1325
Shares
काभ्रेमा सवारी दुर्घटना ; ६ जना घाईते

काभ्रे । धुलिखेल नगरपालिका ११ पात्लेखेत स्थित विपि राजमार्गमा सवारी दुर्घटना भएको छ ।

दुर्घटनामा परी चालक सहित ७ जना सवार मध्ये ६ जना यात्रु घाईते भएका छन् भने गाडिको छतमा ल्याएको खसि १ वटा मृत्यु भएको छ ।

आज दिउँसो १ बजेको समयमा मन्थलीबाट काठमाण्डौ तर्फ आउदै गरेको बा.प्र ०३-००१ ज ५२५ नं को ईलेक्ट्रोनिक भ्यान गाडि आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा दुर्घटना भएको हो ।

घाईते हुनेहरुमा रामेछाप मन्थली नगरपालिका वडा नं ८ बस्ने २८ वर्षको श्रवण कुमार माझी, निजकै श्रीमती बर्ष ३५ की सर्मिला माझी, निजकै छोरी बर्ष ३ कि सोडिमा माझी, सोहि स्थिान बस्ने र्ष १६ की मनिषा माझी, निजकै भाई बर्ष १४ को आशिष माझी, बनेपा ७ गोदामचोक बस्ने बर्ष १६ की सचिता गिरी रहेका छन् ।

घाइतेहरुलाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको काभ्रे प्रहरीले जनाएको छ ।

चालक रामेछाप नगरपालिका ५ बस्ने ४८ वर्षिय मिन बहादुर श्रेष्ठ लाई नियन्त्रणमा लिई थप अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

1325
Shares

ट्रेन्डिङ