सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • काभ्रेमा रुखमा तारले बाँधेर जलाइएको अवस्थामा शव फेला

काभ्रेमा रुखमा तारले बाँधेर जलाइएको अवस्थामा शव फेला

1510
Shares
काभ्रेमा रुखमा तारले बाँधेर जलाइएको अवस्थामा शव फेला

निर्मम तरिकाबाट रुखमा तारले बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव भेटिएको छ ।

काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका– ४ फेदी र जिरोकिलोको बिच भागमा पर्ने ठाउँमा एक रुखमा पुरुषलाई बाँधेर आगो लगाइएको अवस्थामा शव फेला परेको स्थानीयहरुले बताएका छन् ।

पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको प्रहरी चौकी पाँचखालका प्रहरी निरीक्षक राजाराम खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार शवको मुख र छातीमा तारले बाँधेको र रुखमा बाँधेर जलाइको अवस्थामा शव फेला परेको हो । शवको पहिचान हुन सकेको छैन । उनले अनुसार सो शव कुनै पुरुषको रहेको र उमेर २५ वर्षभन्दा कम जस्तो देखिएको उल्लेख गरे ।

शवको प्रकृति हेर्दा घटना ५–६ दिन अघिको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको प्रहरीको अनुसन्धान टोली पुग्दै गरेको प्रहरीले जनाएको छ । ।

1510
Shares

ट्रेन्डिङ