सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • श्रीमतीको हत्यापछि आत्महत्या

श्रीमतीको हत्यापछि आत्महत्या

905
Shares
श्रीमतीको हत्यापछि आत्महत्या

सल्यान । सल्यानमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ४ देउलीका अन्दाजी वर्ष ३५ का मनोज बुढाले अन्दाजी वर्ष ३२ की श्रीमती कमला बुढाको हत्यापश्चात् घर नजिकै झुन्डिएर आत्महत्या गरेका छन् ।

मनोजले श्रीमतीको हत्या गरेपछि डरले बच्चाबच्चा भागेका थिए । त्यसपछि हत्याको घटनाका बाहिर आएको प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताए । 

वडाध्यक्ष पुष्कर बुढाथोकीले सल्लीबजारबाट करिब १५ किलोमिटर टाढा पर्ने देउलीका मनोज बुढालाई केही महिनादेखि मानसिक समस्या देखिएको भन्ने सुनिएको र सोही कारण उनले श्रीमतीको हत्या गरी आत्महत्या गरेको हुनसक्ने बताए । उनका तीन बच्चा छन् ।

905
Shares

ट्रेन्डिङ