सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेमा एक दम्पती मृत फेला, हत्या भएको आशंका

काभ्रेमा एक दम्पती मृत फेला, हत्या भएको आशंका

905
Shares
काभ्रेमा एक दम्पती मृत फेला, हत्या भएको आशंका

काभ्रे :- जिल्लाको कर्णालीको रुपमा चिनिने महाभारत गाउँपालिकामा एक दम्पती मृत फेला परेका छन ।

मृतक श्रीमानको टाउकोमा चोट लागेर ढ्लेको अवस्थामा र श्रीमती ढलिरहेको स्थान नजिकै दुई रगत लागेको हम्मर भेटिनुले हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको महाभारत गाउँपालिका वडा न ४का वडा अध्यक्ष विशाल मोक्तानले जानकारी दिए ।

महाभारत गाउँपालिका वडा न ४ तिनखुट्टे बस्ने बर्ष ६० को मान ब. बल र निजकै श्रीमती बर्ष ५५ की केकै माया बल आफ्नै जस्ताले बारेको जस्ताले छाएको घर (टहरामा) श्रीमान मान ब. बल उक्त घरको पसल कोठामा र निजकै श्रीमती केकाई माया बल भान्छा कोठामा मृत अवस्थामा भेटिएको हो।

महाभारत गाउँपालिका वडा न ४ का वडा अध्यक्ष मोक्तानका अनुसार घटना हिजो राती तिरको भएको अनुमान प्रहरीले गरेको र घटनास्थलमा बलको श्रीमतीको शव नजिकै रगत लागेको अवस्थामा २ ओटा हम्मर भेटिएको छ ।

वडा अध्यक्षका अनुसार धटना स्थललाई फोक्सिङटार प्रहरी र ईप्रका प्रहरी देबिटारले शिल गरेको छ र जिल्ला प्रहरी कार्यलय काभ्रेको टोलि घटनास्थल आउदै गरेको जानकारी समेत अध्यक्षले दिएका छन ।

905
Shares

ट्रेन्डिङ