सबैको समाचार
बिहिबार, असार ४, २०८३
  • होमपेज
  • इरानद्वारा अमेरिका भ्रमणमा सावधानी अपनाउन आग्रह

इरानद्वारा अमेरिका भ्रमणमा सावधानी अपनाउन आग्रह

4115
Shares
इरानद्वारा अमेरिका भ्रमणमा सावधानी अपनाउन आग्रह

इरानले अमेरिका जाने आफ्ना नागरिकलाई कुनै समस्या नआउने पक्का भएपछि मात्र त्यहाँ जान आइतबार सचेत गराएको इरानी सरकारी आइआरएनए न्युज एजेन्सीले जनाएको छ ।
इरान सरकारद्वारा आफ्ना नागरिकलाई यो सल्लाह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा विभिन्न छ वटा इश्लामिक देशबाट अमेरिका पुग्ने आप्रवासी शरणार्थीलाई रोक्न दिएको निर्देशनपति कैयौँ इरानी नागरिक अमेरिकी विभिन्न राज्यमा रोकिएका खबर आएसँग दिएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार विशेष आदेश दिदै अमेरिका प्रवेशमा रोक लगाउने गरेको निर्णयले विश्वभरबाट अमेरिका पुग्ने यात्रुहरुबीच तनाव सिर्जना गरेको छ । राष्ट्रपति ट्रम्पको निर्देशनलाई पछ्रयाउदै ह्वाइट हाउसले इरान, इराक, सिरिया, सुडान, लिविया, यमन र सोमालियाबाट अमेरिका पुग्ने आप्रवासीलाई कडाई गरिने जनाएको थियो । रासस/सिन्ह्वा

4115
Shares

ट्रेन्डिङ