सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धुलिखेलमा खानेपानी आउन अझै एक साता लाग्ने

धुलिखेलमा खानेपानी आउन अझै एक साता लाग्ने

8895
Shares
धुलिखेलमा खानेपानी आउन अझै एक साता लाग्ने

धुलिखेल : गएको बुधबार दिउँसो पनौती क्षेत्रमा आएको भिषण वर्षपछिको बाढीले बगाएको धुलिखेल आउने खानेपानीको पाइप जडानको गरिएको छ । नयाँ पाइप जडान गरिएपनि खानेपानी सुचारु हुन भने अझै एकसातासम्म कुर्नुपर्ने धुलिखेल खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । बाढीले बाँसडोल खोलामा धुलिखेल आउने खानेपानीको पाइप बगाएको थियो ।

पाइप लाइनको जमिन समेत भासिएकाले खानेपानी सुचारु गर्न समस्या भइरहेको अध्यक्ष श्रेष्ठको भनाई छ । जमिनलाई साविककै अवस्थामा ल्याउन मेसिनरी वाल नै लगाउनुपर्ने अवस्था छ । अहिले पनि काम भइरहेको र सकेसम्म छिट्टो पानी सुचारु गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । पनौती नगरपालिकाको वडा नम्बर १२ कलाती भुमिडाँडाबाट ल्याइएको पानीको पाइप बगाएको हो ।

अहिले पानी ट्यांकी र ठूलोवन क्षेत्रमा निर्माण गरिएको डिपबोरिङको पानी जम्मा गरेर वितरण गरिएको छ । तर त्यो पर्याप्त छैन । यो मुहानबाट धुलिखेल नगरपालिकामा ३ हजारभन्दा बढी धारा मार्फत उपभोक्ताले खानेपानी उपभोग गरिरहेका छन् ।

8895
Shares

ट्रेन्डिङ