सबैको समाचार
आइतवार, असार २, २०८१
  • होमपेज
  • काभ्रेको धुलिखेल कारागारमा नेपोको पुस्तक

काभ्रेको धुलिखेल कारागारमा नेपोको पुस्तक

360
Shares
काभ्रेको धुलिखेल कारागारमा नेपोको पुस्तक

काभ्रे :- जिल्लाको धुलिखेल कारागारमा सामाजिक संस्था टीम नेपोले आज “पुस्तक परियोजना” मार्फत कैदीबन्दीहरूका लागि पुस्तक हस्तान्तरण गरेको छ।

कारागार सुधार परियोजना नेपालका जिल्ला कारागारहरूमा पुस्तकालय स्थापना गर्दै कैदीबन्दीहरूको पुनर्स्थापना पठन संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको आयोजक सस्था नेपोले जनाएको छ ।

औपचारिक कार्यक्रमको अध्यक्षता टीम नेपोका अध्यक्ष प्रदीप गिरीले गरेका थिए । पुस्तक हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि धुलिखेल नगरपालिका नगर उप-प्रमुख निराजन जंगम रहेका थिए।

उक्त कार्यक्रममा प्रहरी निरिक्षक दिलिप कुमार थापा, कारागार प्रशासक परशुराम थापा, साथै टीम नेपोका अमृत बिष्ट, माधवी गैरे, शान्तम प्याकुरेल, निराजन शर्मा अधिकारी, जया सापकोटा, रश्मि सुवेदी र प्रियांशी दाहालको उपस्थिति रहेको थियो।

संस्थाका अध्यक्ष गिरीले बिभिन्न बिधाका ५०५ थान पुस्तक कारागार कार्यालय काभ्रे प्रमुख परशुराम थापालाई पत्र सहित हस्तान्तरण गरेका थिए। कार्यक्रममा बोल्दै नगर उप-प्रमुख जंगमले अभियानको सराहना गर्दै यस्तो प्रकारको कार्यक्रमहरूले कैदीहरूको हितमा काम गर्ने बताएका थिए।

“पुस्तक परियोजना” अभियानको उद्देश्यमा प्रकाश पार्दै गिरीले उक्त पुस्तकहरूको सही सदुपयोग गर्दै कैदीहरूबीच पठन संस्कृति को विकास गर्ने अपेक्षा ब्यक्त गरेका थिए। कारागार प्रमुख थापाले युवाहरूको यस अभियान निकै प्रभावकारी भएको र कारागारलाई सुधारकेन्द्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने आशा ब्यक्त गरेका थिए।

यसअघि, अभियान अन्तर्गत अर्घाखाँची, स्याङ्जा, तनहुँ, अछाम, चितवन, दाङ, रसुवा र लमजुङ कारागारहरूमा पुस्तकालय स्थापना गरिएको आयोजकले जनाएको थियो । काभ्रे कारागारमा हाल मा ३०४ जना कैदीबन्दी बस्दै आएका छन्।

360
Shares

ट्रेन्डिङ