सबैको समाचार
आइतवार, असार २, २०८१
  • होमपेज
  • सीता एयरको विमानले ठक्कर दिँदा कर्मचारी घाइते

सीता एयरको विमानले ठक्कर दिँदा कर्मचारी घाइते

115
Shares
सीता एयरको विमानले ठक्कर दिँदा कर्मचारी घाइते

काठमाडौं । सीता एयरको जहाजले ठक्कर दिँदा एक कर्मचारी घाइते भएका छन् ।

 विमानस्थलमा जहाज उडानको संकेत गराइरहेका  जहाजकै स्टेशन प्रमुख धिरेन्द्र भामलाई विमानले ठक्कर दिएको हो ।  ठक्करबाट उनको टाउकोमा चोट लागेको छ ।

बिहीबार दिउँसो नेपालगञ्जबाट यात्रु लिएर रारा विमानस्थल पुगेको सीता एयरको टुइनअटर जहाजले भामलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

विमानका चालकले बोलाएपछि जहाजतर्फ जाँदै गर्दा जहाज गुड्ने क्रममा अघिल्लो भागले भामलाई ठक्कर दिएको हो । घाइते भामलाई सीता एयरकै जहाजबाट उपचारको लागि नेपालगञ्ज लगिएको छ ।

115
Shares

ट्रेन्डिङ