सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • ३ बस र एउटा ट्रक ठोक्किंदा एक जनाको मृत्यु, २३ जना घाइते

३ बस र एउटा ट्रक ठोक्किंदा एक जनाको मृत्यु, २३ जना घाइते

655
Shares
३ बस र एउटा ट्रक ठोक्किंदा एक जनाको मृत्यु, २३ जना घाइते

चितवन । चितवनको नारायणगढ(मुग्लिन सडक खण्ड अन्तर्गत् भरतपुर महानगरपालिका वडा नं। २९ मा चारवटा सवारी साधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

परिचय खुल्न बाँकी रहेका अन्दाजी १७ वर्षीय एक युवकको दुर्घटनामा मृत्यु भएको हो । दुर्घटनमा २३ यात्रु घाईते भएका छन् ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।

काठमाडौंबाट प्युठान जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट बर्दिवासतर्फ जाँदै गरेको ना७ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस आइतबार राति साढे १२ बजेतिर एकैठाउँमा ठोक्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बस र ट्रक सुरुमा ठोक्किएपछि अन्य सवारी साधनहरु पनि त्यहीँ ठोक्किएका थिए ।

घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।

655
Shares

ट्रेन्डिङ