सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयमसेवक बनाउने कार्यको संसदमा आलोचना

ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयमसेवक बनाउने कार्यको संसदमा आलोचना

1230
Shares
ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयमसेवक बनाउने कार्यको संसदमा आलोचना

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयमसेवक बनाउने कार्यको आलोचना गरेका छन् ।

 खतिवडाले ट्राफिक कारबाहीमा परेकाहरुलाई सडकमा स्वयंसेवा गर्न लगाउने कामलाई रोक्न माग गरेका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले गृहमन्त्रीले हुकुमी शासनको भरमा ट्राफिक कारबाहीमा परेकालाई सडकमा उतारेर स्वयंसेवा गराएका भन्दै सो काम तुरुन्त रोक्नुपर्ने बताएका हुन्।

उनले मुलुकलाई कानूनी शासन अनुसार चलाउनुपर्ने भन्दै कानून बिना त्यसरी मानिसलाई सडकमा ल्याउनु नहुने बताए।

सांसद खतिवडाले मिडिया ट्रायल गरेर मुलुक नचलाउन भन्दै यस सम्बन्धमा सभामुखको रुलिङको समेत माग गरे।

1230
Shares

ट्रेन्डिङ