सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • बालेनलाई काम गर्न दिउँ : कान्तिका सेजुवाल

बालेनलाई काम गर्न दिउँ : कान्तिका सेजुवाल

605
Shares
बालेनलाई काम गर्न दिउँ : कान्तिका सेजुवाल

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई काम गर्न दिनुपर्ने बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले न्यूरोडमा काठमाडौं महानगरको योजनाअनुसार काम गर्नमा रोकेको बताइन् ।

जेठ २१ गते काठमाडौंको न्यूरोड क्षेत्रको सडकलाई लिएर सडक विभाग र महानगरबीच विवाद भएको थियो । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक विभागले पिच गर्न थालेपछि न्यूरोडमा विवाद भएको थियो ।

काठमाडौं महानगरले फुटपाथका लागि काटेको सडक, विभागले टालेको उल्लेख गर्दै उनले पैसा धेरै भए कर्णालीका सडक बढाउनेमा खर्च गर्न सुझाइन् ।

605
Shares

ट्रेन्डिङ