काभ्रे :- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रिय अध्यक्ष के.पी शर्मा ओलीले विभिन्न कालखण्डमा धेरै पार्टी सग सहकार्य गर्दै एकता गरेको बताएका छन् ।
सोमबार, काभ्रेको धुलिखेलमा आयोजित नेकपा एमाले काभ्रेको ११ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले नेकपा (एस)का अध्यक्ष माधव कुमार नेपाललाई इंकित गर्दै ‘किर्ना अघाएपछि भैंसीको पिड“्युबाट झर्छ’ भन्दै एमालेभित्र रहेर षडन्त्र गर्ने, खानुनजेल खाने, अघाएर किर्ना बनेर झर्ने गतिविधि पार्टीमा भएको बताए ।
उनका अनुसार, स्थापनाकालदेखि एमालेले ५७ वटा पार्टीस“ग सहकार्य गरेर एकता गरेको र केहीले पार्टीस“गको सहकार्य र एकताको फाइदा लिएपछि एकता भङ्ग गरेका छन् । ‘सहकार्य गर्दै गर्दा एमालेभित्रै खुट्टामा अनेक प्रकारको ट्रयाप हाल्ने, घा“टीमा पासो लगाउन खोज्ने, षड्यन्त्र गर्न खोज्ने गरेका छन्,’ उनले भने, ‘त्यस्ता षड्यन्त्रकारीहरु अहिले पार्टीबाट छुट्टिएर अलग्एिका छन् ।’
कार्यक्रमलाई सम्बोधन गर्दै, अध्यक्ष ओलीले नकेपा एसस“गको फुटको सन्दर्भलाई स्मरण गर्दै उनले भने, ‘हाम्रो विरोधीहरुले चौतर्फी धेरा बन्दी गरे, एमालेका विरुद्ध हमला गरे । नेकपा एमालेलाई विभाजन गराएरै छोडे ।’ पार्टी भित्रबाट नै पार्टीलाई सिधायाउन खोज्नेले नेकपा एमालेलाई सरकारबाट हटाउने र सिध्याउने हिसाबले यो विभाजनमा भएको र पार्टी धोस्त पार्ने काम भएको उनको भनाई थियो ।
सर्वसमत प्रक्रियाबाट अधिवेशन सम्पन्न गर्न आग्रह गरे । ‘कसैलाई तर्साएर, धम्काएर, केही गरेपनि कोही आफ्नो हुदैंन, मान्छे मार्दा त हुदो“ रहेनछ, राणकालिन समयमा राणाहरुले मान्छे मार्दा त भएन, शाहहरुले पनि मान्छे मारेका हुन् भएन, अरुले पनि मान्छे मारे भएन,’ उनले भने ।
२०४८ सालदेखि २०५० सालसम्म ३ वर्षमा शान्तिपूर्ण जुलुसमा, जुलुस नै नभएको ठाउ“मा का“ग्रेसले गोली हानेर १२२ जना मान्छे मारेको भन्दै अध्यक्ष ओलीले आरोप लगाए । उनका अनुसार, शासन कायम राख्नको लागि नेकपा एमाले प्रतिपक्षमा भएको समयमा सरकारमा पुग्यो र २०५१ सालमा सरकार बनायो । मान्छेको मन व्यवहारले जित्ने , मन जितिएन भने मान्छे र मत जित्न नसकिने उनको दाबी थियो ।