सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • प्रधानमन्त्री बन्नेबारे सोचेर बस्दिनँ : माधवकुमार नेपाल

प्रधानमन्त्री बन्नेबारे सोचेर बस्दिनँ : माधवकुमार नेपाल

715
Shares
प्रधानमन्त्री बन्नेबारे सोचेर बस्दिनँ : माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने बताएका छन् ।

बिहीबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले नताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेकाले त्यसबारे आफूले नसोचेको जिकिर गरे ।

नेपालले भने, ‘जनताको चाहना र अपेक्षालाई, राष्ट्रका मागलाई ध्यानमा राखेर चल्नुपर्छ भन्ने हो । त्यसकारण प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घन्टा त्यसमा सोच्दिनँ ।’

नेपालले यसअघि पनि आफू रहरले नभई परिस्थितिले प्रधामन्त्री बनेको सुनाए ।

715
Shares

ट्रेन्डिङ