सबैको समाचार
आइतवार, असार ९, २०८१
  • होमपेज
  • मोटरसाईकल अनियंत्रित हुँदा चालकको मृत्यु

मोटरसाईकल अनियंत्रित हुँदा चालकको मृत्यु

85
Shares
मोटरसाईकल अनियंत्रित हुँदा चालकको मृत्यु

काभ्रे :- कोशीपारी भनेर चिनिने चौरीदेउराली गाउँपालिकामा मोटर साईकल आफै अनियंत्रित हुँदा एकको मृत्यु भएको छ ।

चौरीदेउराली गाउँपलिका वडा न ८ बिर्ता देउराली स्वास्थ्य चौकी नजिकै मोडमा भित्री बाटो बाट मध्ये पहाडी लोकमार्ग निस्कदै गरेको बागमति प्रदेश ०२-०३० प ३२६८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटर साईकलका चालकको मृत्यु भएको हो ।

घाईतेलाई तत्काल उपचारको लागी धुलिखेल अस्पताल ल्याईएकोमा राती १० बजे अस्पतालले मृत घोषण गरेको काभ्रे प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटर साईकल चालक रोशि गाउँपालिका वडा न ९ बस्ने बर्ष २५ को सुमन कुमार लामा हुन ।

सोही मोटरसाईकलमा सवार तेमाल गाउँपालिका ५ बस्ने बर्ष ४० को सरोज लामा भने सामन्य धाईते रहेको काभ्रे प्रहरीका सुचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

85
Shares

ट्रेन्डिङ