सबैको समाचार
आइतवार, असार ९, २०८१
  • होमपेज
  • काभ्रेको कर्णाली महाभारतमा पहिलो पटक पुग्यो विजुली

काभ्रेको कर्णाली महाभारतमा पहिलो पटक पुग्यो विजुली

125
Shares
काभ्रेको कर्णाली महाभारतमा पहिलो पटक पुग्यो विजुली

काभ्रे :- जिल्लाकाे कर्णाली भनेर चिनिने विकट महाभारत गाउँपालिका पूर्ण विद्युतिकरण भएको छ।

बुधबार एक विशेष समारोहका बीच पहिलो पटक केन्द्रीय प्रशारण लाईनको विजुली गाउपालिका सबै घरमा पुर्याएर सिंगो पालिकालाई नै पूर्ण विधुतिकरण घोषणा गरीएको हो। भने काभ्रेका विकट मानिएका खानीखोलामा एकै साथ विधुकरणको कार्य भैरहेको छ।

२०७५ सालबाट यहाँ विद्युतीकरण सुरू भएकोमा बिहिबार ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले संयुक्त रुपमा विधुतीकरण गरेका थिए ।

गाउँपालिकालाई पूर्ण विद्युतीकरण घोषणा गरीएको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिदै पालिकाका ३ हजार ४ सय २७ घरमा हाल विधुतीकरण गरिएको जानकारी दिएका छन्। विधुकरण गर्नका लागी मिटरबक्स खरिद र थुवानिको समेत पालिकाले नै आर्थिक सम्म सहयोग गरेर वडा कार्यालय मार्फत वितरण गरेको जिम्बाले जानकारी दिनु भयो। अब महाभारतबासीले टुकी बत्तीको सहारा चाहिने बाध्यता अन्त्य भएको उनको भनाइ थियो।

बिहीबारबाट महाभारतका सबै घरधुरीमा पहिलो पटक मिटर जडान गरी विद्युत् उपलब्ध गराइए पछि पूर्ण विद्युतीकरण भएको हो। मन्त्री बस्नेतले विकासको मुल प्रवाहमा ल्याउन आवश्यक विद्युतीकरणको काम देशभर भएको दाबि विधुतिकरण गर्दै ब्यक्त गरेका थिए।

आर्थिक उपार्जन र रोजगारी सिर्जना गर्ने लगायत शिक्षा र स्वास्थ्यको क्षेत्रमा समेत काम गर्न अब राज्यले ध्यान दिन आवश्यक रहेको बस्नेतले जोड दिदै मन्त्री बस्नेतले काभ्रे र सिन्धुलीको सिमानामा रहेको कोखाजोर खोलामा जलसाययुक्त आयोजनालाई अघि बढाउनका लागि सरकारले काम अघि बढाएको बस्नेतको दाबि थियो।

महाभारत गाउँपालिकामा विद्युतीकरणको लागि पहिलो चरणमा १ अर्ब ५६ करोड बजेट विनियोजन भएकोमा ८३ करोड रुपैया महाभारत र खानीखोलाका लागि ठेक्का सम्झौता भएको थियो। पछिल्लो ठेक्कामा ४३ करोडमा सम्झौता भएको थियो। महाभारतमा मात्रै ५० करोड भन्दा धेरै खर्च पूर्ण विद्युतीकरणमा खर्च भएको पालिकाले जानकारी दिएको हो।

नेपाल विधुतप्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा उत्पादित बिजुली निर्यात गर्न लागेको बताउँदै बिजुलीको उपभोग बढाउन, लागत कम गर्न र निर्यात मार्फत मुलुक समृद्धि बनाउन प्रयत्न जारी रहेको बताउनु भएको थियो।

विधुतिकरण कार्यक्रममा पुर्व उर्जा राज्य मन्त्रि एवम काभ्रे क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ्ग , खानीखोला गाउपालिका अध्यक्ष इन्द्र ब तामाङ्ग स्थानिय जनाप्रतिनिधि तथा खानिखोला बासीको उपस्थिति रहेको थियो।

125
Shares

ट्रेन्डिङ