काठमाडौं । भक्तपुरको नलिञ्चोकमा बनेको हेलिप्याड उद्घाटन भएको छ ।
शुक्रबार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नलिञ्चोकमा ३२ रोपनी क्षेत्रफलमा बनेको हेलिप्याडको उद्टघान संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले गरेका हुन् ।
त्रिभुवन विमानस्थलको हवाइ चाप घटाउने योजनासहित उक्त हेलिप्याड बनाइएको हो ।