सबैको समाचार
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • ‘मिस्टर नेपाल २०१७’ को आवदेन खुल्यो

‘मिस्टर नेपाल २०१७’ को आवदेन खुल्यो

3130
Shares
‘मिस्टर नेपाल २०१७’ को आवदेन खुल्यो

‘मिष्टर वल्र्ड २०१७’ मा नेपालको प्रतिनिधित्व गर्ने युवा खोज्ने उदेश्यले एक्सपोज नेपाल डटकमले पुरुषहरुको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०१७’ को तयारी गरेको छ । पुरुषहरुको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको ‘मिष्टर नेपाल’को १५ औं संस्करणका लागि आवेदन खुल्ला समेत गरिएको छ ।
एक्सपोज नेपालले एक विज्ञप्ती मार्फत ‘मिस्टर नेपाल २०१७’को आवेदन खुल्ला भएको जानकारी दिएको छ । युवाको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन यो प्रतियोगीता सहायक सिद्ध हुने विश्वास भएको कार्यक्रम संयोजक अर्चना थापाले जानकारी दिएकी छिन् ।
युवाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपयोगी जिम्मेवार व्यक्तित्वको रुपमा अगाडि बढाउन प्रतियोगीताले सहयोग पुर्याउने विश्वास आयोजकको छ ।
१६ बर्षदेखि ३२ बर्ष ननाघेका युवाले प्रतियोगीतामा सहभागीता जनाउन पाउनेछन् । प्रतियोगिताका लागि आयोजकले काठमाडौं, पोखरा, विराटनगर, चितवन, धरान जस्ता शहरमा अडिसन समेत गर्दैछ । अडिसनबाट छनौट भएका प्रतियोगीले मात्र अन्तिम स्पर्धामा सहभागीता जनाउन पाउने आयोजक संस्था एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले जानकारी दिएका छन् ।
निर्णायक प्रतिस्पर्धाका लागि छनौट भएका प्रतिस्पर्धीहरुलाई स्वमिङ, फुटवल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका विधामा प्रशिक्षण दिइने छ ।
मिस्टर नेपालका विजेता मात्र मिस्टर वल्र्डमा देशको प्रतिनिधित्व गर्न पाउने छ । साथै एक मोटबाइक, चलचित्र, म्युजिक भिडियो अभिनय अफरका साथै बिभिन्न उपहार जित्न सक्नेछन् ।
सहभागीका लागि आवेदन फर्म एक्सपोज नेपालको कार्यालय कुपन्डोल तथा वेभसाइट www.misternepal.com  बाट पनि भर्न सकिनेछ ।
 

3130
Shares

ट्रेन्डिङ