काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
बोर्ड सदस्यहरुलाई नतिजा सार्वजनिक हुनसक्ने भन्दै भोलि अपरान्ह बोर्ड बैठकका लागि तयार रहन जानकारी दिइएको छ । छिटोभन्दा छिटो नतिजा सरोकारवालासम्म पुर्याउन एडुसञ्जालका दक्ष प्राविधिक जनशक्तिलाई तम्तयार अवस्थामा राखिएको छ ।
बोर्डले २०८० को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ ।
बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा लि। इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट नतिजा हेर्न सकिने छ ।
यसरी हेर्नुहोस् नतिजा