सबैको समाचार
आइतवार, असार १६, २०८१
  • होमपेज
  • पनौती पर्यटन प्रवर्धनका लागी कार्य शाला गोष्ठी सम्पन्न

पनौती पर्यटन प्रवर्धनका लागी कार्य शाला गोष्ठी सम्पन्न

100
Shares
पनौती पर्यटन प्रवर्धनका लागी कार्य शाला गोष्ठी सम्पन्न

काभ्रे :- पनौती नगर ७ एतिहासिक धार्मिक तथा साँस्कृतिक स्थान हो। सोहि स्थान र समर्ग्र्ह पनौती नगरको पर्यटन प्रवर्धनका निमित्त पनौती पर्यटन विकास केन्द्रको आयोजनामा एक दिने कार्यशाला गोष्ठी सम्पन्न छ।

कार्यशाला गोष्ठीले पनौतीको पर्यटन प्रवर्धनका लागी सम्भाबना र चुनौतीका विषयहरु सहभागीको सुझाबलाई ग्रहण गर्दै दस्ताबेजिकरण गर्दै सोहि अनुरूपका कार्य गरी पर्यटन प्रवर्धनमा कार्यगर्ने लक्ष्य लिएको छ।

कार्यक्रममा सहभागीले पर्यटन सम्भाबना मात्र नभई समस्या समेत देखाएका थिए। सोहि समस्या र सम्भाबना भैकन पनि पर्यटनको रोजाईमा पर्न नसकेका स्थानहरुको पहिचान गरी तिनको प्रचारप्रसार गर्दै पर्यटन पर्ने सहभागी स्थानिय सरोकारवाला पक्षको थियो।

नगरको पुरानो एतिहासिक स्थानलाई विस्सम्पदामा सुचिकृतका लागी दस्ताबेज तयार गर्दै गरेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पनौती नगर प्रमुख भण्डारीले व्यक्त गर्नु भएको थियो। आगामी वर्षको कार्यक्रम तय गर्न आजको दस्ताबेजले समेत मद्दत गर्ने र सबै स्थानीय र सरोकारवालाको सहयोगले मात्र पर्यटन प्रवर्धन गर्न सकिने भएकाले सबैमा हालेमालो गर्न नगर तयार रहेको प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रमको सभापति समेत रहेका पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोतम कर्माचार्यले आजको कार्यक्रम पश्चात र यो समस्या र चुनौतीमा आएका कुरालाई आगामी दिनमा पर्यटन विकास केन्द्रले मार्ग निर्देश गरेको भन्दै सदैव सबै खाले संघ संस्थासंग विकास केन्द्रसहकार्यका लागी सदैव खुल्ला भएको बाचा व्यक्त गर्दै सबैमा हालेमालो गर्न अपिल समेत गरेका थिए।

कार्यक्रममा पुरातत्व विभागका प्रतिनिधि , पनौतीका सस्थापक मेयर , स्थानिय जनप्रतिनिधि , व्यापारी , पर्यटन विकास केन्द्रका सदस्य, स्थानिय संगै संचारकर्मिको उपस्थिति रहेको थियो।

100
Shares

ट्रेन्डिङ