सबैको समाचार
सोमवार, असार ८, २०८३
  • होमपेज
  • यात्रुबाहक बस दुर्घटनामा ७ घाइते, २ जनाको अवस्था गम्भीर

यात्रुबाहक बस दुर्घटनामा ७ घाइते, २ जनाको अवस्था गम्भीर

600
Shares
यात्रुबाहक बस दुर्घटनामा ७ घाइते, २ जनाको अवस्था गम्भीर

पोखरा । तनहुँको ऐना पहरामा भएको यात्रुबाहक बस दुर्घटनामा ७ जना घाइते भएका छन् ।

गोरखाबाट नारायणगढ जादै गरेको ग२ख १०७७ नम्बरको बस आइतबार दिउँसो ऐना पहरामा दुर्घटना भएको थियो ।

दुर्घटनामा हालसम्म ७ घाइतेको उद्धार गरिएको तनहुँ प्रहरीका सूचना अधिकारी डिएसपी अशोक थापाले जानकारी दिए। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको थापाले बताए ।

यात्रु झारेर बस रोकेको चिप्लिएर सडक दुर्घटना भएको थापाको भनाइ छ ।

‘बस रोकेर ऐना पहरा हेर्ने क्रममा चिप्लिएर दुर्घटना भएको रहेछ । केही यात्रु मात्र बसभित्र हुनुहुने रैछ,’ उनले भने, ‘अहिलेसम्म ७ जनालाई उद्धार गरेका छौं । २ जनाको अवस्था गम्भीर छ ।’

बसको अगाडिको भाग पानीमा डुबेकाले थप यात्रु पनि हुने सक्ने थापाले बताए ।

600
Shares

ट्रेन्डिङ