सबैको समाचार
मङ्लबार, असार १८, २०८१
  • होमपेज
  • काभ्रेको बनेपामा यातायात कार्यालय

काभ्रेको बनेपामा यातायात कार्यालय

अब यातायात क्षेत्रमा विचौलियाको अन्त्य हुन्छ :- मंत्री लक्षमण लम्साल

105
Shares
काभ्रेको बनेपामा यातायात कार्यालय

काभ्रे :- बागमती प्रदेश स्थरिय यातायात कार्यालय स्थापना भै आज समुद्घाटन सम्पन्न भएको छ। काभ्रेको बनेपा नगरपालिका वडा न ६ बुडोलमा यातायात कार्यालयको आज समुद्घाटन गरिएको हो। बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्रि तथा बागमती प्रदेशका पुर्व मन्त्रिहरुको उपस्थितिमा कार्यालयको सेवा सुभारम्भ गरिएको हो।

आज शुभारम्भ भएको कार्यालयबाट सबैखाले यातायात दर्ता तथा नविकरण , सवारी साधनको कर संङ्गकलन , जाचापास सम्बन्धि सेवा , रुट परमिट जारी , प्रदुषण चेकजाच , यातायात सम्बधि अनुगमन तथा सवारीको लगत कट्टा लागाएतका सेवाहरु भोलि देखि कार्यालयले प्रदान गर्दै छ। संगै केहि समय पछी प्रबाहा हुने सेवामा कार्यालयले सवारी चालक अनुमतिपत्र जारी गर्ने ,वर्ग थपगर्ने तथा नविकरणका सेवा समेत कार्यालयले क्रमिकरुपमा विस्तार गर्ने कार्यालयले जनाएको छ।

आज यातायात कार्यालयको शुभारम्भ गर्दै बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रि लक्षमण लम्सालले कार्यालयको शुभारम्भ गर्दै यो कार्यालयले काभ्रे लगाएतका आसपास सिन्धुली , सिन्धुपाल्चोक , रामेछाप , दोलखा , भक्तपुर लगाएतका जिल्लालाई समेत सहज हुने बताउनु भयो। संगै यातायात कार्यालय स्थापना संगै सेवा ग्राही देखि यातायात ब्यवासाही संगै सबै सरोकार वाला पक्षको समस्या हाल हुने दाबि ब्यक्त गर्नु भयो। संगै विचैलियाको अन्त्यनै हुने मंत्री लक्षमण लम्सालको ठोकिवा गर्नु भएको छ।

सम्बोधनकै क्रममा अब यातायार क्षेत्रमा पनि फाईल बोकेर कार्य गर्ने दिनको अन्त्य गर्नका लागी समेत मन्त्रालयले काम गर्दै रहेको बताउदै उनले अब यातायात संग सम्बन्धित कार्य पनि सबै डीचिटल रुपमा हुने गरी कार्य सुरु भैसकेको जानकारी गराउनु भएको थियो। अब कसको गाडी कति वटा छ देखि अन्य विवरण हेर्ने सकिने गरी , कसले पैसा तिरो तिरेन भन्ने कुरा थाहा सहजी हुने बताउदै लम्सालले ” साउन १ गते देखि बाट डिचिट सेवा सुचारु गर्ने गर्छौ। यो सेवाले यातायात क्षेत्रलाई रिफम गर्छ ” बताए।

यातायात कार्यालय स्थापनाले सबै यातायात व्यवसायीलाई सहज हुने ब्यवासाही आत्माराम थापाले विस्वास। व्यक्त गरे। सोहि सभामा बनेपाका मेयरले पनि यातायात कार्यालय स्थापनाले बनेपालाई थप चलायमान बनाउनेमा विस्वास ब्यक्त गर्दै कार्यालयले व्यवसायी र सेवाग्राही दुबैलाई सुविधा हुनेमा विस्वास व्यक्तग गरे l यातायात कार्यालय स्थापना गर्नका लागी मन्त्रालयले बनेपा नगरपालिका संङ्ग सम्झौता गरी सो भवन पाएको हो। बनेपा नगरपालिकाले यातायात कार्यालयलाई उपलब्ध गराएको भवनको अन्य तल्लाका लागी भाडामा दिनका लागी बोलपत्र खुल्ला गरीसकेको छ।

समुद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरु रत्न ढकाल , कन्चनचन्द्र बादे , रुकु चौलागाई , नगरपालिका प्रमुख , उपप्रमुख तथा गाउपालिकाका अधक्क्ष तथा उपादक्क्ष तथा प्रजिअ सुर्य प्रा सेडाई विभिन्न यातायात समितिका अधक्क्ष लगाएत संचारमर्की हरुको उपस्थिति रहेको थियो।

105
Shares

ट्रेन्डिङ