सबैको समाचार
बिहिबार, असार २०, २०८१
  • होमपेज
  • बचतकर्ताको करिब ३ करोड अपचलन गर्ने काभ्रेको युनिटि सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

बचतकर्ताको करिब ३ करोड अपचलन गर्ने काभ्रेको युनिटि सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

155
Shares
बचतकर्ताको करिब ३ करोड अपचलन गर्ने काभ्रेको युनिटि सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

काभ्रे । बनेपा नगरपालिका-८ वाँख्योटोलमा रहेको युनिटि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका छन् ।

बचतकर्ताको करिब ३ करोड अपचलन गरेको आरोपमा युनिटि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णलाल शुद्दकार र कोषाध्यक्ष निरज राजवंशी पक्राउ परेका हुन् ।

बचतकर्ताहरुलाई ललाई फकाई बचतको सुरक्षा हुन्छ भनि विश्वासमा पारी बचत लिएको र फिर्ता माग्न जाँदा बचत फिर्ता नगरेको पीडितको गुनासो छ । प्रहरीले कानून बमोजिम ठगी मुद्धामा कारबाही गरी पाउँ भनी २ करोड ४३ लाख ११ हजार १६४ रुपैयाँ ठगी कसुर मुद्धामा मुद्धा दर्ता गरेको छ ।

थप अनुसन्धानको कार्य भईरहेको प्रहरीले जनाएको छ ।

155
Shares

ट्रेन्डिङ