सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • वर्षाको मात्रा भोलिदेखि कम हुने

वर्षाको मात्रा भोलिदेखि कम हुने

1000
Shares
वर्षाको मात्रा भोलिदेखि कम हुने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले भोलि, सोमबारदेखि हिजो र आजको तुलनामा कम पानी पर्ने जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले आइतबार दिउँसो विशेष मौसम बुलेटिन जारी गरेर मनसुनी न्यूनचापीय रेखा सोमबारदेखि दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने जनाएको छ। यसले गर्दा वर्षाको मात्रा घट्नेछ।

महाशाखाले भोलि कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरेको छ ।मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विभागले वर्षाका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, खहरे खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन पनि सुझाव दिएको छ।

1000
Shares

ट्रेन्डिङ