सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • भ्रमपूर्ण समाचारमा विश्वास नगर्न वायुसेवा सञ्चालक संघकाे आग्रह

भ्रमपूर्ण समाचारमा विश्वास नगर्न वायुसेवा सञ्चालक संघकाे आग्रह

960
Shares
भ्रमपूर्ण समाचारमा विश्वास नगर्न वायुसेवा सञ्चालक संघकाे आग्रह

काठमाडौं । वायुसेवा सञ्चालक संघले विमान दुर्घटनाबारे भ्रामक प्रचार नगर्न अनुराेध गर्दै भ्रमपूर्ण समाचारमा विश्वास नगर्नसमेत आग्रह गरेकाे छ ।

संघका अध्यक्ष समीज कार्कीले मंगलबार एक विज्ञप्ति जारी गर्दै वायुसेवा सञ्चालक संघ, नेपाल, संघका सदस्य वायुसेवा कम्पनीहरू तथा नेपाल नागरिक उड्डयन प्राधिकरण सधैँ उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवेदनशील रहेको बताएका छन् ।

सीमित स्वार्थ परिपूर्तिका लागि नकारात्मक रूपमा टिकाटिप्पणी गरी कुनै एक व्यक्ति वा संस्थाको कार्यप्रति भ्रम फैलाउने कार्य भइरहेकोले भ्रामक प्रचारमा विश्वास नगर्न विज्ञप्तिमार्फत प्रस्ट पारिएकाे छ । 

हवाई सुरक्षा लागतसँग तुलना नहुने र सुरक्षाका लागि जस्तोसुकै मूल्य बेहोर्न पनि संघ, सदस्य वायुसेवा कम्पनीहरू तथा नेपाल नागरिक उड्डयन प्राधिकरण हरपल तयार रहेको व्यहोरा उल्लेख गर्दै विज्ञप्‍तिमा भनिएकाे छ ।

‘सीमित स्वार्थ परिपूर्तिका लागि नकारात्मक रूपमा टिकाटिप्पणी गरी कुनै एक व्यक्ति वा संस्थाको कार्यप्रति भ्रम फैलाउने कार्य भइरहेकोले संघ तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक धारणा नआएसम्म यस्ता भ्रमपूर्ण समाचारहरू प्रति विश्वास नगरिदिनु हुन समेत यसै प्रेस विज्ञप्ति मार्फत सम्बन्धित सबैमा यो संघ हार्दिक अपिल गर्दछ’, विज्ञप्तिमा भनिएकाे छ । 

960
Shares

ट्रेन्डिङ