दाङ । दाङमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । सर्पको टोकाइबाट आमा गम्भीर घाइते भएकी छिन् ।
मंगलवार राती करिव एक बजेको समयमा करेत सर्पले टोक्दा ६ वर्षीय बालिका इन्दु चौधरीको मृत्यु भएको हो । सुरुमा गाउँमा गुरुवाको भर परेर झारफुक गर्दा निको नभएपछि परिवारले अस्पताल लगेर उपचार गर्ने क्रममा इन्दुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्पको टोकाइबाट गम्भीर घाइते बालिकाकी आमा २५ वर्षीय आश्मा चौधरीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
सर्पले सुतेको समयमा इन्दुको टाउको र आश्माको दायाँ हातमा टोकेको थियो ।