काभ्रे : जिल्लाको धुलिखेल वडा न ६ विपि राजमार्गमा सवारी चेक जाचको क्रममा ५० लाख बराबरको कपडा र अन्य उपभोग्य बस्तुहरु बरामद गरेको छ । प्रहरीले कपडा सङै एक ट्रक र चालक सहित ट्रकमा सवार एक जना गरी २ जना पक्राउ गरेको छ ।
काभ्रे प्रहरीका सुचना अधिकारी राज कु श्रेष्ठका अनुसार धुलिखेल वडा न ६ स्थित विपि राजमार्गमा चेकजाच गर्ने क्रममा महोतरीको खैरीवनबाट काठमाडौका लागी आएको मिनि ट्रक प्र २-०३-००१-१६८४ नम्बरको गाडीले राजस्व छली गरी ल्याईरहेको अवस्थामा कम्युटर cpu , पर्स ,कपडा सहित ट्रक चालक सहित दुई जनालाई नियन्त्रणमा लिईएको हो ।
पक्राउ पर्नेमा महोतरी गौशाला नगरपालिका वडा न १ बस्ने ट्रक चालक जितेन्द्र कुमार महतो र सोही गाडीमा सवार सर्लाही जिल्ला बसबरिया नगरपालिका वडा न १ बस्ने ब्रीजेश राम लाई नियन्त्रणमा लिईएको हो ।
काभ्रे प्रहरीले यस अघि गत २/३ गते पनि विपि राजमार्गको काभ्रे भन्ज्याङ अस्थाई प्रहरी विटबाट विभिन्न गाडीबाट ७६ हजार बराबरको कपडा सहित काजु , छोकडा , मिल्क पाउडर ,पानी पुरी लगाएतका सामाग्री बरामत गरेको थियो