काभ्रे । जिल्लास्थित अरनिको राजमार्ग अविरल वर्षाका कारण धुलिखेल नगरपालिका–८को धुलिखेल देखि पकुचा हुँदै खावा सम्मको ४ किमि क्षेत्र पहिरो र सडक हिलाम्य हुँदा अरनिको राजमार्ग भएर यात्रा गर्ने यात्रु र स्थानिय लामो समय देखि सास्ती खेप्न बाध्य छन । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकमा टिपर लगायत मालवाहक सवारी साधन दुई दिनका लागी बन्द गरिएको छ । सडक डिभिजन कार्यालय भक्तपुर सूचना जारी गदैँ टिपर लगायत मालवहाक सवारी साधन बन्द गर्ने सूचना जारी गरेको हो ।
निर्माण जिम्मेवारी पाएको सस्थाले निर्माण अवधी पाएको समय सिमा नाधेर दैनिक हर्जनामै काम गर्दा समेत लगातारको बर्षाका कारण सडकको अवस्था दयनिय बनेको छ ।
पहिरोले र हिलाम्य सडकले गर्दा राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा कठिनाई हुँदै आएको छ । धुलिखेल खावा सडक स्थरउनन्तीको समय सिमा सकिएको समेत ५ महिना वितिसकेको छ।गत फाल्गुन १९ मा गौरी पार्वती निर्माण सेवा प्रा लि ले सम्झौता बमोजिम पाएको समय सम्म सकिएको हो । भने गौरी पार्वतीले दैनिक ८५ हजार बराबर हर्जना तिरेर निर्माण कार्य गर्दै आएको भए पनि सडक निर्माणले भने गति लिन सकेको छैन ।
हाल सम्म ४०% मात्र काम सकिएको छ । सडक निर्माणमै लापरबाही गर्नाले अरनिको राजमार्गको धुलिखेल खावा ४ किमि सडकको अवस्था दयनिय भएको हो । भने यात्रुहरु गाडी यहि चार किमि सडकमा रोकिदा हिलाम्मे सडकमा हिडेर धुलिखेल सम्म पुग्न बाध्य छन ।
यता सडककै कारण पोकुचा , थाक्ले र अन्य क्षेत्रका विधार्थी समेत सडककै कारण विधालय आवज जावत्तमा समेत समस्या झेल्दै आएको धुलिखेल वडा न ८ का वडा अध्यक्ष विनोद गौतमले जानकारी दिनु भयो ।
उत्तरी नाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ ।सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत विभिन्न स्थानबाट आवतजावतका लागि यही राजमार्गको सडक प्रयोग गर्ने गरेका छन् । वर्षाले गर्दा अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडक खण्ड ४ कि मि सडक हिलाम्मे भएपछि सवारीहरु बिचबाटोमै रोकिने गरेका छन् ।