काभ्रे । जिल्ला हुँदै तातोपानी नाका जोड्ने राजमार्गको आज सङ्घिय सम्सदको पुर्वाधार विकास समितिले अनुगमन गरेको छ ।
धुलिखेल देखि खावा सम्मको ४ किमि सडक सम्झौताको मिति सकिएको ५ महिना विति सक्दा समेत निर्माण कार्य नसकिए पछि आज समितिले अनुगमन गरेको हो ।
अनुगमन पस्चात जानकारी गराउदै समितिका सम्योजकले यस अगाबै गौरी पार्वती निर्माण सेवा प्रा लिको ठेक्का तोडेर अघि जानको लागि पत्राचार गरीसकेको जनाएको छ । भने गौरी पार्वतीले दैनिक ८५ हजार हर्जना सहित निर्माण कार्य गरिरहेको भए पनि हाल सम्म मात्र ४० प्रतिशत काम सकाएको छ ।
सोही अनुगमन समितीमा आएका सडक डिभिजनका महानिर्देशक ठेकेदारले ईमानदारीता नदेखाकाले सडक निर्माणले गति लिन नसकेको बताए । स्थानिय जनप्रतिनिधिले सडक डिभिजन र ठेकेदारको लापरवाहीकै कारण सडकको दुरदसा भएको बताएका थिए । सडकमा अहिले मालबहाक सवारी आवागमन सडक डिभिजनले रोकेको छ ।
आज साझ सम्म सवारी रोक्ने आदेश डिभिजन सडक कार्यलय भक्तपुरको छ । सडक बन्द हुदा अहिले दोलालघाट र खावा धुलिखेलमा सयौको सङ्ख्यामा तातोपानीबाट समान ल्याएका सवारी साधन समेत राजमार्गमै बस्न बाध्य छन । भने सवारीमा भएको समान बिग्रन लागेको ब्यापारीको गुनासो छ ।