सबैको समाचार
बुधबार, फाल्गुन २८, २०८१
  • होमपेज
  • २९ हजार बोटल अखाध्य पेय पदार्थ विक्री वितरणमा रोक , नष्टको तयारी , बनेपा बुडोल स्थित डिलरमा शिल

२९ हजार बोटल अखाध्य पेय पदार्थ विक्री वितरणमा रोक , नष्टको तयारी , बनेपा बुडोल स्थित डिलरमा शिल

510
Shares
२९ हजार बोटल अखाध्य पेय पदार्थ विक्री वितरणमा रोक , नष्टको तयारी , बनेपा बुडोल स्थित डिलरमा शिल

काभ्रे :- जिल्लाको ब्यस्थ बजार धुलिखेलको आड्डा बजारमा पाचाखाल वडा न ५ घर भै मालपोत कार्यालयमा कामका लागी आएका प्रभुराज गीरीले खाजा खाने बेला पेय पदार्थ मागे , मागेको पेय पदार्थमा अखाध्य बस्तु भेटीए पछि उनले खाध्य तथा गुण नियन्त्रणा कार्यालयलाई खबर गरे। त्यस पश्चात कार्यालयले वितरण गरिरहेको गाडीलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बदाएको हो।

सोहि स्थानमा अखाध्य बस्तु भेटिएको स्लाइस धमाघम डिलर्सले विक्री गरिरहेको अवस्थामै गाडी पनि अहिले प्रहरीको नियन्त्रणमा रहेको छ। अखाद्य वस्तु भेटिएपछि बनेपा स्थित एएनए मार्केटिङ (स्लाइस डिलर) शिल गरिएको छ । आज साँझ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धुलिखेल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी लगायत सरोकारवालाको उपस्थितीमा बनेपा बुडोल स्थित डिलरमा अनुगमन गरिएकोमा गोदामा पनि तेहि प्रकृतिको थुप्रै पेय पदार्थ भेटीएको छ ।

उनका अनुसार आज नै २९ हजार बोटल अर्थात १२ सय क्रेट स्लाइस नष्ट गर्ने तयारी गरिएको छ । भने अहिले विभागलाई पत्राचार गर्ने र स्याम्पलिंङ्ग को रिपोर्ट पछि नस्ट समेत गरिने जानकारी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धुलिखेलका कार्यालय प्रमुख मनिषा चौलागाईले जानकारी दिनु भयो।

सिल गरिएको पेप्सीको आधिकारीक डिलरमा कुनै बोर्ड समेत राखिएको छैन। भने डिलरमा सरसफाई पनि नभएको र विक्री वितरण गर्दा पनि स्लाईसको विल उपलब्ध नगराउने गरेको खुद्रा विक्रेता कल्पना श्रेष्ठले बताउनु भयो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पत्राचार पछि नस्टको प्रक्रिया अगाडी बढाउने गरि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ। भने उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने कम्पनिलाई कारवाही हुनुपर्ने माग स्थानियले गरेका छन्।

510
Shares

ट्रेन्डिङ