काभ्रेपलाञ्चोक :- जिल्ला हुँदै यात्रा गर्ने सवारी साधनको यान्त्रिक परीक्षण , र स्वास्थ्य जाच अभियान सुरु गरेको छ ।
जिल्ला हुँदै जाने अरनिको राजमार्ग र विपि राजमार्ग हुँदै यात्रा गर्ने लामो र छोटो दुरीका सवारी साधनलाई दुर्घटना न्यूनीकरण गर्ने उदेस्यका साथ सुरु गरिएको हो ।
ट्राफिक प्रहरी काभ्रेका प्रमुख विकास तामाङका अनुसार लामाे दुरिका सावरि साधनलाई मध्येनजर गदै चाडपर्व लक्षित याे कार्यक्रम शुरु गरेकाे बताए । उनले भने चाडपर्वमा हुने दुर्घटनामा न्यूनीकरण गर्न अन्य अभियान चालकको स्वास्थ परिक्षण गर्ने लापसे र मापसे चेक जाच अभियान समेत जिल्ला ट्राफिक कार्यलयका प्रमुख तामाङले बताउनु भएको हो ।
यस्ता अभियानले सवारी दुर्घटना न्यूनीकरण गर्न यस्ता कार्य थालनी गरेको हो । जिल्ला हुँदै जाने अरनिको राजमार्ग खुल्ला रहे पनि विपि राजमार्ग अहिले पनि चौकीडाडा सम्म मात्र खुल्ला रहेको कार्यलयले जनाएको छ ।
विपि राजमार्गको बैकल्पिक सडक भन्दै प्रचार गरिएको सडकमा पनि साना सवारी साधन मात्र सन्चालन गर्न पाउने जिल्ला सुरक्षा समितिले निर्णय गरेको जिल्ला ट्राफिक कार्यलयले जनाएको छ ।