सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • आमाको हत्या गर्ने फुर्साङ पक्राउ

आमाको हत्या गर्ने फुर्साङ पक्राउ

लोरो प्रहार गरेर आफ्नै आमाको हत्या गरी सुन र पैसा चोरी

625
Shares
आमाको हत्या गर्ने फुर्साङ पक्राउ

काभ्रे । जिल्लाको रोशी गाउँपालिका वडा न ३ भन्ज्याङडाडामा गत असोज १६ गते लोरो प्रहार गरेर आफ्नै आमाको हत्या गरी सुन र पैसा चोरी गरेर हिडेका ब्यक्ती पक्राउ परेका छन । पक्राउ पर्नेमा मृतक महिलाकै कान्छो बर्ष २८ को फुर्साङ लामा रहेका छन ।

रोशी गाउँपालिका वडा न ३ भञ्ज्याङगाउँ बस्ने साईलाकाजी भन्ने पल्छङ लामाको श्रीमती बर्ष ६९ की माईली लामालाई निजकै आफ्नै कान्छो छोरा वर्ष २८ को फुर्साङ लामाले हत्या गरी माईलीकै सुन र पैसा लिएर हिडेका प्रहरी अनुसन्धानबाट खुल्न आएको हो । भने फुर्साङलाई घटनाको दुई दिन पछि पक्राउ गरेर अनुसन्धान अघि बडाएको थियो ।

प्रहरीले थप अनुसन्धानको क्रममा डग सिनिफिनिङ गर्दा निज फुर्साङ लामाले भान्सा कोठामा सुतिरहेको आफ्नै आमाले कानमा लगाएको सुनको रिङ र नगदको लोभले मसला पिस्ने सिलौटो ढुङ्गाको लोरोले टाउकोमा प्रहार गरी अचेत अवस्थामा रहेकी आमालाई पुनः नजिकै ढोकाको आग्लोले प्रहार गरी मृत्यु भए पछि आमाले कानमा लगाएको सुनको रिङ र साथमा रहेको नगद समेत लिई घटनास्थलबाट भागेको स्विकार गरेका थिए ।

फुर्साङलाई काभ्रे जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य गर्दै गरेको काभ्रे प्रहरी प्रमुख एस पि बसुन्धरा खड्काले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो ।

मृतक माईली लामाले लगाईएको सुनको विल फुर्साङकै गोजिमा भेटाउनु तथा अन्य सङकास्पद ब्यबहारका कारण फुर्साङलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा तथ्य खुल्न आएको प्रहरीले जनाएको छ ।

625
Shares

ट्रेन्डिङ