काभ्रे । जिल्लाको पनौती नगरपालिका वडा न ११ स्थित बलथली मुनि रोशी खोलाको किनारामा अवस्थित रहेकोलड्केस्वर महादेबको मन्दिरमा भब्य मेला सम्पन्न भएको छ। हरेक बर्ष हरीबोधनी एकादशी कै दिन लाग्ने यो मेलामा हजारौ भक्तजन आउने गर्दछन ।
असोज दोस्रो साता आएको बाडी र पहिरोको विदण्डाले गर्दा महादेव मन्दिरको विकाशका लागि बनाईएका संरचना बगाएको छ । भने बाकी भएकामा अधिकाम्शमा क्षेति पुगेको छ ।
सदैब हरीबोधनी एकादशीका दिन लाग्ने मेला भर्न अघिल्ला बर्षहरुमा ५०-८० हजार सम्म भक्तजन आउने गरेकोमा यस बर्ष करिब २० हजार हाराहारी भक्तजन आएको पनौती नगरपालिका वडा न ११ का वडा अध्यक्ष विपिन लामाले बताउनु भयो ।
प्रसिद्ध धार्मिक ग्रन्थ स्वस्थानी ब्रतकथामा सतिदेविको नाबी पतन भएको स्थान र राजा भुपेन्द्र मल्लले समेत यस महादेब मन्दिरको दर्शन गरेको भन्ने किम्बदन्ती अनुसार स्थानियले नियमित मेलाको आयोजना गर्ने गरेको र महादेवको दर्शन गर्दा सन्तान प्राप्ति हुने देखि आफ्नो मनोकामना पुग्ने गरेको आस्थाका आधारमा मेला भरेर दर्शन गर्नेको घुईचो लाग्ने गरेको पनौती वडा न ११ बल्थलीका स्थानिय सागर आचार्यले जानकारी दिनु भयो ।
असोज दोस्रो साताको बाडी र पहिरोका कारण लड्केस्वर महादेब परिसरमा मात्र करोडौं क्षेती भएको र यस स्थान र वडालाई नै पुरानो अवस्थामा फर्काउन सबै सरोकारवाला पक्ष एक हुनु पर्ने अपिल समेत वडा अध्यक्ष लामाले गर्नु भयो ।