सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही गर्ने गृहको चेतावनी

सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही गर्ने गृहको चेतावनी

770
Shares
सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति दिनेलाई कानुनी कारबाही हुने स्पष्ट पारेको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्‍याउनेलाई कानुनी दायरामा ल्याइने जनाएको हो ।

पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाललगायत माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्तिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

मन्त्रालयले विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवं सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्ति दण्डनीय अपराधको रूपमा व्यवस्था गरेको स्पष्ट पारेको छ ।

770
Shares

ट्रेन्डिङ