सबैको समाचार
शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • बाढीले बगाएर शिक्षकको मृत्यु, ६ जना घाइते  

बाढीले बगाएर शिक्षकको मृत्यु, ६ जना घाइते  

75
Shares
बाढीले बगाएर शिक्षकको मृत्यु, ६ जना घाइते  

सुर्खेत । जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ । 

भारी वर्षाका कारण बाढीले बगाउँदा सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक इन्द्रबहादुर रोकायको मृत्यु भएको हो ।

 शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा उनको मृत्यु भएको थियो ।

माछा मार्ने क्रममा बाढीले बगाउँदा छ जना घाइते भएका थिए । बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका थिए ।

घाइतेको उद्धार भइसकेको प्रहरीले जनाएको छ ।

75
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका