सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन

नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन

1005
Shares
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वसदस्य शिखर धवनले एनपीएल र नेपाली खेलाडीसँग खेल्न उत्साहित रहेको बताएका छन्।

एनपीएल खेल्न शुक्रबार काठमाडौं आइपुगेका शिखर धवनले त्रिवि विमानस्थलमा पत्रकारसँग आफू नेपाली क्रिकेटरसँग खेल्न उत्साहित रहेको बताएका हुन्।

नेपाली क्रिकेटले अन्तरराष्ट्रियस्तरमा राम्रो गरिरहेको उनको प्रतिक्रिया थियो। अन्तरराष्ट्रिय क्रिकेटरहरू नेपाल आउँदा यहाँको पर्यटनमा समेत टेवा पुग्ने उनको विश्वास छ।

एनपीएलमा शिखर कर्णाली याक्सबाट खेल्ने छन्।

1005
Shares

ट्रेन्डिङ