काभ्रेपलाञ्चोक । काठमाडौँ विस्व विद्यालय स्कुल अफ ल को आयोजनामा भएको पुर्व प्रधानन्यायधिस संगको अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।
पुर्व प्रधानन्यायधिस विस्वभर प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा विद्यालयका विद्यार्थी सङ न्यायधिस नियुक्ती र न्याय परिषदको भुमिका विसयक अन्तर्क्रीया कार्यक्रम सन्चालन भएको हो ।
सोही अन्तरक्रीया कार्यक्रममा विद्यार्थीका प्रस्नमा जवाफ दिदै न्यायाधीश नियुक्ती र गर्ने कार्यमा व्यक्तिको आचरण र कस्तो खालको तरिका बाट नियुक्ति लिएको हो त्यसमा पनि भर पर्छ। न्याधिस नियुक्ति भन्ने चिज सामान्य कुरा नभएकाले स्वतन्त्र रुपमा कार्य गर्नु पर्ने ठाउ भएकाले त्यसको नियमावली बमोजिम नै कार्य गर्ने भएकाले खास न्यायधिस नियुक्तिमा भने खास समस्या छैन। त्यसमा केहि ब्यबहारीक समस्या चै मैले पनि महसुस गरेको छु।
२०७२ को सबिधान पछि न्याय परिषदमा बारका मान्छे पनि राख्ने प्रचलन आएको बताउदै। आफ्नो अनुभबका आधारमा ११ महिना आफुले कार्य गर्दा १७२ जना न्यायधिस सिफारीस गर्न सकेको बताउनु भयो।
कुनै संरचना र व्यवस्थाले भन्दा पनि व्यक्ति ठिक हुनु पर्छ। त्यो ठाउमा ठिक व्यक्ति पुग्यो भने सहि काम गर्न सक्छ है भन्ने क्षमता देखाउन सक्नेमा विस्वास ब्यक्त गर्नु भयो।
उहाले सम्बोधन कै क्रममा राजनैतिक संरचनाले पनि निस्च्य पनि भूमिका खेल्ने पनि उल्लेख गर्नु भयो। भूमिका खेल्ने कुरामा कुनै विवाद छैन। योग्य व्यक्ति पुगे भने कुनै स्वार्थमा नलागेको मान्छे भएमा काम गर्न सहज हुन्छ र भएकै हो भन्ने जानकारी पनि आम सहभागी विद्यार्थीहरुलाई गराउनु भएको थियो।
आयोजकका अनुसार अन्तरकृया कार्यक्रममा विस्व विद्यालयका कुल पति डा.भोला थापा लगाएत विद्यार्थीहरु २५० भन्दा बडीको सहभागिता रहेको जनाएका छन ।