सबैको समाचार
मङ्लबार, फाल्गुन २७, २०८१
  • होमपेज
  • धुलिखेलमा नव दुर्गा जात्राको अवसरमा स्थानिय विदा

धुलिखेलमा नव दुर्गा जात्राको अवसरमा स्थानिय विदा

65
Shares
धुलिखेलमा नव दुर्गा जात्राको अवसरमा स्थानिय विदा

काभ्रे :- जिल्लाको धुलिखेलले स्थानिय जात्रा विदा दिएको छ। स्थानीय पर्वका रुपमा मनाउँदै आएको नव दुर्गा जात्राको अवसरमा भोली फागुन २७ गते मंगलबार एक दिन धुलिखेल नगरपालिकाले सार्वजनिक विदा घोषणा गरेको हो ।

नगर कार्यपालिकाको २०८१ फागुन २५ गतको निर्णय अनुसार २०८१ फागुन २७ गते धुलिखेल नगरपालिका क्षेत्रमा विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जारी गरेको सूचनामा उल्लेख गर्नु भएको छ ।

नगर कार्यपालिकाको कार्यालय तथा मातहतका वडा कार्यालय, स्वास्थ्य तथा शैक्षिक संस्थाहरु बन्द रहने उक्त सूचनामा उल्लेख गरिएको छ । धुलिखेलमा आज सोमबार दिउसो भक्तपुरबाट नवदुर्गा धुलिखेल आउने र भोली दिनभर धुलिखेलमा विभिन्न कार्यक्रममा सहभागि भई साँझ फर्कने कार्यक्रम छ । सोहि तयारी र जात्राका कारण स्थानीय पर्व विदा नगरपालिकाले दिदै आएको हो ।

जात्रा संचालनका लागी पुर्व निधारित समय तालिका नै सार्वजनिक भैसकेको छ। २६ गते र २७ गते चल्ने जात्रामा विहान ९ बजे देखि बेलुकी ९/१० बजे सम्मको कार्यतालिका सार्वजनिक गरिएको छ।

पालिकाले जारी गरेको सुचना :-

जात्रा समय तालिका :-

65
Shares

ट्रेन्डिङ