सबैको समाचार
बिहिबार, बैशाख ११, २०८२
  • होमपेज
  • धारिलो हतियार देखाई संगठित लुटपाट गर्ने गिरोहका ४ जना पक्राउ

धारिलो हतियार देखाई संगठित लुटपाट गर्ने गिरोहका ४ जना पक्राउ

60
Shares
धारिलो हतियार देखाई संगठित लुटपाट गर्ने गिरोहका ४ जना पक्राउ

काभ्रे :- काभ्रे जिल्लाका विभिन्न स्थानहरूमा धारिलो हतियार देखाई लुटपाट गर्दै आएको एक संगठित लुटेरा गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ निवासी बुढीमान तामाङ (४२ वर्ष) र बिबर बहादुर तामाङ (४९ वर्ष), ओखलढुंगाको जितितेम्बा गाउँपालिका–९ निवासी महेश कुमार खड्का (५२ वर्ष) तथा उदयपुरको कटारी नगरपालिका–१४ निवासी राजु कुमार दनुवार (३६ वर्ष) रहेका छन्।

प्रहरीका अनुसार, उनीहरूले खुकुरी, बन्चरो र नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई धम्क्याउने, डर त्रास सिर्जना गर्ने तथा घर, पसल, होमस्टे र कृषि फर्महरूमा लुटपाट गर्ने कार्य गर्दै आएका थिए।

गिरोह संलग्न प्रमुख घटनाहरू:
पनौती, चौकोट डाँडा (२०८१/४/३१): खाजाघरबाट रु ४०,००० लुट।

धुलिखेल, रामकोट (२०८१/५/११): दीपक बहादुर तामाङबाट रु ६५,००० लुट।

बनेपा, टनचोक (२०८१/१०/४): होमस्टेबाट रु ३,२०,०००, गरगहना र मोबाइल लुट।

बनेपा, रेडक्रस टोल (२०८१/१०/१३): घर फोरेर रु २०,००० नगद र २ मोबाइल चोरी।

धुलिखेल, कृषि फर्म (२०८१/११/५): गरगहना र मोबाइल लुटपाट।

उनीहरू पाँचवटा फरक–फरक घटनामा संलग्न रहेको पुष्टि भएसँगै प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दायर गरिएको छ।

60
Shares

ट्रेन्डिङ