सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • कुनै व्यक्ती र झुन्डले भन्दैमा यो व्यवस्था परिवर्तन सम्भव छैन : उपप्रधानमन्त्री सिंह

कुनै व्यक्ती र झुन्डले भन्दैमा यो व्यवस्था परिवर्तन सम्भव छैन : उपप्रधानमन्त्री सिंह

नमोबुद्ध नगरको पहिलो बालमैत्री वडा बन्यो वडा नं. १ , मथुरापाटी

730
Shares
कुनै व्यक्ती र झुन्डले भन्दैमा यो व्यवस्था परिवर्तन सम्भव छैन : उपप्रधानमन्त्री सिंह

काभ्रे :- जिल्लाको नमोबुद्ध नगरपालिकाले वडा नं. १ मथुरापाटीले आफ्नो प्रशासनिक भवन तथा स्वास्थ्य संस्थाको भवनको समुद्घाटन गरेको छ भने सोही सभामा वडा नं. १ लाई बालमैत्री वडा घोषणा गरिएको छ।

सोही भवनको समुद्घाटन तथा बालमैत्री वडा घोषणा गर्न पुगेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले सम्बोधन गर्दै एक व्यक्ति वा समूह र झुन्डले चाहेर मात्रै अहिलेको व्यवस्था परिवर्तन नहुने बताउनु भयो। उहाँले नागरिकहरूलाई पनि जनप्रतिनिधिहरूलाई विकास निर्माण र अन्य कार्यमा सघाउन अपील गर्नुभयो। साथै, अहिलेको व्यवस्थाकै कारण आजको कार्यक्रम यहाँ सम्भव भएको हुँदा यसप्रति विश्वास गर्नसमेत उहाँले आग्रह गर्नुभयो।

उपप्रधानमन्त्री सिंहले नयाँ वर्ष २०८२ को शुभकामना पनि दिनुभयो। साथै, वडा कार्यालयको भवन, स्वास्थ्य संस्थाको भवनसँगै बालमैत्री वडा घोषणासमेत उहाँले गर्नुभएको थियो।

वडाको प्रशासनिक भवन नगरपालिकाको बजेटबाट ९९ लाख ९९ हजार रुपैयाँ लागतमा चालु आ.व.को ८ महिनाभित्र निर्माण सम्पन्न भएको जानकारी नमोबुद्ध नगरपालिकाका इन्जिनियर उज्वल अर्यालले दिनुभयो।

सोही अवसरमा नगरभित्र जन्मिएर हाल सरकारी सेवामा कार्यरत दुई जना सहसचिवलाई सम्मान समेत गरिएको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य तथा स्थानीय नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो।

730
Shares

ट्रेन्डिङ