सबैको समाचार
आइतवार, जेष्ठ ५, २०८२
  • होमपेज
  • पनौतीको महोत्सव ४ दिन थप, वैशाख ७ गतेसम्म चल्ने

पनौतीको महोत्सव ४ दिन थप, वैशाख ७ गतेसम्म चल्ने

85
Shares
पनौतीको महोत्सव ४ दिन थप, वैशाख ७ गतेसम्म चल्ने

काभ्रे :– जिल्लाको पनौतीमा जारी महोत्सव आगामी वैशाख ७ गतेसम्म लम्ब्याइएको छ। ऐतिहासिक, धार्मिक र सांस्कृतिक नगर पनौतीमा सञ्चालित प्रथम सांस्कृतिक तथा व्यापारिक महोत्सव गत चैत्र २१ गतेदेखि सुरु भएको हो।

मूलतः वैशाख ३ गतेसम्म सञ्चालन हुने भनिएको महोत्सवको अवधि थप गर्दै आयोजकले अब वैशाख ७ गतेसम्म चलाउने निर्णय गरेका छन्। नेपाली मौलिक संस्कृतिको छुट्टै पहिचान, संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ महोत्सव पनौती उद्योग वाणिज्य संघको सहकार्यमा, राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा, पनौती नगरपालिका–७ को संरक्षकत्वमा तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुपको व्यवस्थापनमा सञ्चालित छ।

महोत्सवले पनौतीको गौरवमय इतिहास उजागर गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। साथै, पनौतीको कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक तथा हस्तकलाको जीवन्त प्रदर्शनमार्फत स्थानीय कला, संस्कृति, घरेलु उद्योग र व्यापारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य राखिएको छ।

महोत्सवमा कृषि उत्पादन, स्थानीय हस्तकला र घरेलु सामग्रीका आकर्षक व्यापारिक स्टलहरू छन्। बालबालिकाका लागि आधुनिक बालउद्यानको व्यवस्था गरिएको छ भने प्रत्येक साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरूले मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै आएका छन्।

आयोजकका अनुसार आगामी दिनहरूमा पनि राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने भएकाले महोत्सवको अवधि थप गरिएको हो।

85
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका