सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • एप्पलका फोनमा समेत फोर जी चल्ने

एप्पलका फोनमा समेत फोर जी चल्ने

4330
Shares
एप्पलका फोनमा समेत फोर जी चल्ने

नेपाल टेलिकमले सञ्चालनमा ल्याएको फोर जी एप्पलका मोबाइल फोनमा समेत चल्ने भएको छ । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार एप्पलका मोबाइल फोन सेटमा फोर जी चल्ने व्यवस्था गरिदिन टेलिकमले गरेको आग्रहअनुसार आगामी मार्चदेखि सहजरुपमा फोर जी सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।
टेलिकमका अनुसार एप्पलका सबै सिरिजका मोबाइल सेटमा फोर जी चल्नेछ । टेलिकमले गत पुस १७ गतेदेखि नेपालमा पहिलोपटक फोर जी एलटिइ सेवा सञ्चालनमा ल्याएको थियो । काठमाडौँ र पोखरामा सञ्चालनमा ल्याएको सो सेवा यही माघ २२ गतेदेखि प्रिपेड मोबाइलमा समेत सञ्चालनमा आएको छ ।
एप्पलका मोबाइल फोनमा फोर जी चलाउन एप्पलको वेबसाइटमा गएर सामान्य सेटिङ गर्नुपर्नेसमेत टेलिकमले जनाएको छ । अन्य स्मार्टफोनमा फोर जी चलेपनि एप्पलको फोनमा नचल्दा समस्या रहँदै आएको थियो । रासस

4330
Shares

ट्रेन्डिङ