सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • भारतमा ५.८ म्याग्नीच्युड्को भूकम्प

भारतमा ५.८ म्याग्नीच्युड्को भूकम्प

4135
Shares
भारतमा ५.८ म्याग्नीच्युड्को भूकम्प

भारतको उत्तराखण्डमा सोमबार राति स्थानीय समयअनुसार १०.३३ बजे ५.८ म्याग्नीच्युडको भूकम्प आएको भारतीय जलवायु तथा मौसम विभागले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनदेखि १८० किलोमिटर पूर्वस्थित रुद्रप्रयाग वरपर रहेको जनाइएको छ ।
उत्तर प्रदेश बाहेक अन्य छिमेकी प्रदेशहरु र राजधानी नयाँ दिल्लीमा समेत भूकम्पको महसुस गरिएको बताइएको छ ।
भूकम्प आएपछि स्थानीयबासिन्दा घरबाट भागेर खुल्ला ठाउँमा जम्मा भएका थिए । उनीहरु अहिले पनि त्रसित भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
“म कार्यालयमा काम गरिरहेको थिए । टेवुलमा रहेको खाली बोत्तल अचानक भुइँमा खस्यो, म रहेको भवन पुरै हल्लिएपछि मलाई साह्रै डर लाग्यो,” दिल्लीका एक बासिन्दा अनिल अग्रवालले सिन्ह्वालाई भन्नुभयो । भूकम्पका कारण कुनै मानवीय क्षति भएको खवर भने नआएको अधिकारीहरुले जनाएका छन् । रासस÷सिन्ह्वा

4135
Shares

ट्रेन्डिङ