सबैको समाचार
शुक्रबार, साउन १५, २०८३
  • होमपेज
  • जेठाजुले खुकुरी प्रहार गर्दा बुहारीको मृत्यु

जेठाजुले खुकुरी प्रहार गर्दा बुहारीको मृत्यु

7280
Shares
जेठाजुले खुकुरी प्रहार गर्दा बुहारीको मृत्यु

धनुषा , पुष , १० , धनुषामा जेठाजुले खुकुरी प्रहार गर्दा बुहारीको मृत्यु भएको छ। धनुषाको मिथिला नगरपालिका(९ स्थित बडहरीमा जेठाजुले खुकुरी प्रहार गर्दा बुहारीको मृत्यु भएको छ।जेठाजु श्रीप्रसाद पजियारले खुकुरी प्रहार गर्दा जनकपुरधाम उपमहानगरपालिका(२१ घर भएकी अन्दाजी ३८ वर्षीया रानीदेवी पजियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक रामकुमार यादवले बताए।

उनले भने, ‘बुधवार दिउँसोको अढाई बजे हामीलाई जानकारी आयो, हामी घटनास्थल पुग्दा रानीको शरिरमा विभिन्न भागमा खुकुरी प्रहार गरी हत्याको प्रयास गरेको थियो, घाइतेलाई हामीले तत्काल लालगढस्थित मोडेल अस्पताल पुर्‍यौं, त्यहाँ उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुरधाम रेफर गरियो, तर त्यहाँ पनि उपचार सम्भव नभएपछि रेफरको तयारी गर्दैगर्दा घाइतेको मृत्यु भयो।’

रानीदेवी लालगढमा बहिनीको घर गएको समयमा श्रीप्रसादले आँपको फूलबारीमा आफुलाई बोलाई खुकुरी प्रहार गरी मार्न खोजेको घाइतेलाई उद्धृत गर्दै प्रहरी निरिक्षक रामकुमार यादवले बताए। उनले भने, ‘घाइतेको क्रममा हामीलाई दिएको बयान अनुसार उनको आफ्नै श्रीप्रसादले रिसिबीका कारण खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएको छ, तर थप अनुसन्धानपछि मात्र खुल्छ।’ मृतक रानीको श्रीमान मिश्री पजियार रोजगारका लागि विदेशमा छन्।

7280
Shares

ट्रेन्डिङ