सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बालसुधार गृहका एक कैदीले गरे आत्महत्या

बालसुधार गृहका एक कैदीले गरे आत्महत्या

725
Shares
बालसुधार गृहका एक कैदीले गरे आत्महत्या

बुटवल । रुपन्देहीको भैरहवास्थित लुम्बिनी प्रदेशस्तरीय बालसुधार गृहमा एकजना कैदीले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार शनिबार दिउँसो करिब २ बजे बाल सुधार गृहमा २१ वर्षीय सन्दिप गोसाईले झुण्डिएर आत्महत्या गरेका हुन् ।

‘दिउँसो सुधारगृहमा रहेका कैदीहरुको गन्ती गणना गरी चेकजाँच गर्ने क्रममा सुधार गृहको तेस्रो तल्लाको टिनले छाएको स्टोर कोठामा फलामको पाइपमा नरिवलको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा गोसाईलाई फेला पारिएको हो’, डीएसपी सापकोटाले भने ।

गोसाई रुपन्देहीको सम्मरीमाई गाउँपालिका–४ का हुन् । नाइके समेत रहेका उनी जबरजस्ती करणी मुद्दामा कैदी जीवन कटाइरहेका थिए ।

725
Shares

ट्रेन्डिङ