सबैको समाचार
शनिबार, असार ६, २०८३
  • होमपेज
  • युरिया मल खुवाई तीन पशु चौपायाको हत्या

युरिया मल खुवाई तीन पशु चौपायाको हत्या

500
Shares
युरिया मल खुवाई तीन पशु चौपायाको हत्या

सिन्धुली । सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–२ गजुलिदहमा अज्ञात समूहले युरिया मल स्थानीय किसान बालकृष्ण श्रेष्ठको गोठमा रहेका तीन वटा नौलो भैंसी, दुई वटा बाख्रा र एक खसीको मृत्यु भएको छ ।

स्थानीयवासी तथा वडाध्यक्ष कार्यवाहक छेडुप लामा मोक्तानका अनुसार रातिको समयमा पशुहरूको लागि तयार पारिएको कुडोमा अज्ञात व्यक्तिहरूले युरिया मल मिसाएका थिए । बिहान ती कुडो पशुहरूलाई खुवाएपछि एकैपटक सबैको ज्यान गएको हो । घटनास्थलमा युरिया मलको खाली पोको पनि फेला परेको जनाइएको छ ।

स्थानीय बासिन्दा यो घटनाबाट आक्रोशित र स्तब्ध भएका छन् । उनीहरूका अनुसार गजुलिदह विगतदेखि नै आपराधिक घटनाको चपेटामा परिरहेको क्षेत्र हो । पछिल्लो १५ वर्षमा त्यही स्थानमा तीन जनाको हत्या भए पनि अपराधी आजसम्म फेला नपरेको उनीहरूको गुनासो छ।

एक स्थानीय व्यक्तिले भने, “यहाँ त मान्छे मार्दा पनि अपराधी भेटिँदैन। मन्दिरको दानपेटी चोरी हुँदा सीसीटीभीमा अनुहार देखिए पनि चोर पत्ता लाग्दैन, अब जनावर मारेको त झन के पत्ता लाग्ला!” गत वर्षको दसैंताका दुम्जामा भएको एक वृद्ध आमाको हत्याको अपराधी पनि हालसम्म फेला नपरेको उदाहरण दिँदै उनीहरूले सुरक्षाको गम्भीर प्रश्न उठाएका छन् ।

पीडित परिवारले सम्बन्धित निकायलाई यथाशीघ्र सत्यतथ्य छानबिन गरी दोषी पत्ता लगाई कडाभन्दा कडा कारवाहीको माग गरेका छन् ।

500
Shares

ट्रेन्डिङ