सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • इन्डोनेसियामा पहिरोमा परी बाह्रको मृत्यु

इन्डोनेसियामा पहिरोमा परी बाह्रको मृत्यु

4945
Shares
इन्डोनेसियामा पहिरोमा परी बाह्रको मृत्यु

इन्डोनेसियाको बालीमा रहेको बाङ्गली जिल्लाका दुई वटा गाउँमा शुक्रबार आएको बाढीपहिरो परी १२ व्यक्तिको मृत्यु भएको छ ।  घटनामा परी अन्य अन्य पाँच जना घाइते भएका प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार अवान र सुकावान गाँउमा पहिरो गएको हो ।
मृतक सवैको शव पहिरोबाट निकालिएको छ भने घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।
घटनास्थलहरुमा उद्धार तथा राहतका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्थानीय बासिन्दाहरु खटिएका छन् ।
अन्य जिल्लाहरुमा पनि बाढी पहिरोको खतरा रहेकाले त्यस क्षेत्रमा पनि सतर्कता बढाइएको अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियामा बर्षेनी बाढी पहिरोमा परी धेरै नागरिकहरुको मृत्यु हुने गरेको छ । रासस/सिन्ह्वा

4945
Shares

ट्रेन्डिङ